आज अष्टमीव्रत, पञ्चाङ्गसहित हेर्नुहोस् २०७६ चैत्र ३ गते


हरेकपल March 16, 2020


श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल चैत्र महिनाको ३ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मार्च महिनाको १६ तारिख, सोमवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२०(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२०) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, तथा नेपाल संवत् ११४० अन्तर्गत परिधावी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत चैत्र कृष्णपक्षको सप्तमी तिथि बिहान ९।१८ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । ज्येष्ठा नक्षत्र दिवा ४।४४ बजेसम्म रहनेछन् । यसैगरी आज सिद्धि योग र बालव करण रहेका छन् । आज सूर्योदय बिहान ६।१४ मा छ भने सूर्यास्त बेलुका ६।१२ बजे हुनेछ । चन्द्रमा आज वृश्चिक राशिमा छन् ।


आज अष्टमीव्रत परको छ । यसैले आज गोरखकाली भगवतीको उपासनाका साथै दुर्गासप्तशतीको पाठ लाभदायी रहनेछ ।