नेपाली लेखक संघ कास्कीको अध्यक्षमा सञ्जीव पौडेल


हरेकपल March 16, 2020

नेपाली लेखक संघ कास्की शाखाको अध्यक्षमा सञ्जीव पौडेल चयन भएका छन् । शनिबार भएको चौथो अधिवेशनबाट पौडेलको नेतृत्वमा नयाँ कार्य समिति गठन भएको हो ।

कास्की संघको उपाध्यक्षमा रीता अधिकारी,सचिवमा कमल पौडेल अथक, कोषाध्यक्षमा मेघनाथ आचार्य र सहसचिवमा सञ्जय न्यौपाने चयन भएको नेपाली लेखक संघका केन्द्रीय महासचिव डा. रत्नमणि नेपालले जानकारी दिए । लेखक संघ कास्कीको सदस्यहरुमा श्रीराम अधिकारी, शिवराम पौडल, भरत पोखरेल नगेन सिंह चयन भएका छन् ।

नेपाली लेखक संघको अधिबेशन कास्कीबाट प्रारम्भ भएको महासचिव नेपालले बताउदै सबै शाखाहरुलाई अधिवेशनको तयारी गर्न अनुरोध समेत गरेका छन् । कास्की शाखाको चौथो अधिवेशनको प्रमुख अतिथि नेपाली लेखक संघका पूर्व अध्यक्ष तथा पूर्व उपकुलपति डा.विष्णुविभु घिमिरेले नेपाली लेखक संघको ऐतिहासिक पृष्ठभूमी र नेपाली साहित्यमा नेपाली लेखक संघको योगदानका बारेमा चर्चा गर्दै सिद्धान्तको पर्खाल भित्ररहेका लेखकले स्वतन्त्रपूर्वक लेख्न नसक्ने कुरा बताए ।

कवि तीर्थ श्रेष्ठले लेखन स्वतन्त्रताको पक्षमा सधै लेखकहरु हुनु पर्नेमा जोड दिए । नेपाली लेखक संघ कास्कीका अध्यक्ष गणेश शर्माको सभापतित्वमा सम्पन्न अधिवेशनमा नेपाल प्राध्यापक संघका पूर्व अध्यक्ष भूपति ढकाल, नेपाली लेखक संघ मोरङ शाखाका अध्यक्ष गोकुल अधिकारी सहित विशिष्ठ साहित्यकारको उस्थिति रहेको थियो ।