आज भौमाष्टमी महिमासहित हेर्नुहोस् २०७६ चैत्र ४ गते


हरेकपल March 17, 2020


श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल चैत्र महिनाको ४ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मार्च महिनाको १७ तारिख, मंगलवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२०(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२०) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, तथा नेपाल संवत् ११४० अन्तर्गत परिधावी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत चैत्र कृष्णपक्षको अष्टमी तिथि बिहान ८।१७ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । मूल नक्षत्र दिवा ४।३२ बजेसम्म रहनेछन् । यसैगरी आज व्यतिपात योग र तैतिल करण रहेका छन् । आज सूर्योदय बिहान ६।१३ मा छ भने सूर्यास्त बेलुका ६।१३ बजे हुनेछ । चन्द्रमा आज धनु राशिमा छन् ।


आज भौमाष्टमी अर्थात् शीतलाष्टमी हो । मंगलवार अष्टमीतिथि परेको दिनलाई भौमाष्टमी भनिन्छ । आज दुर्गा भगवतीको उपासना लाभदायी रहनेछ ।