हाेटेललाई अस्पतालमा परिणत गर्ने राेनाल्डाेकाे याेजना गलत सावित


हरेकपल March 17, 2020

कोरोना भाइरसको संक्रमण भएका ब्यक्तिको उपचारका लागि स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले पोर्चुगलमा रहेको होटेललाई अस्पताल बनाउने खबरले चौतर्फि चर्चा भएको थियो ।

तर अब उनको होटेल ब्यवस्थापनले रोनाल्डोको त्यो भनाईलाई गलत सावित गरेको छ । होटेलको ब्यवस्थापनले अस्पतालमा परिणत गर्न अस्विकार गरेको छ ।

स्पेनीस पत्रिका मार्काका अनुसार रोनाल्डोले कोरोनाको उपचारका लागि आफ्नो होटेललाई अस्पतालमा परिणत गर्न तयार रहेको भएपनि लिस्बोनमा रहेको सो होटेलले उनको उपायलाई अस्विकार गरेको छ । भाइरसबाट संक्रमितको उपचारका लागि होटेल अस्पतालमा परिणत गर्ने कुनै योजना नभएको होटेलले जनाएको छ ।

३५ बर्षे रोनाल्डोले कोरोनाबाट बच्नका लागि सबैलाई आग्रह गरेका छन । उनको टिम युभेन्टसका खेलाडीमा संक्रमण देखिएपछि उनीपनि पोर्चुगलमा नै क्वारेन्टाइनमा रहेका छन ।