आज सुन चाँदीको मूल्य घट्यो


हरेकपल March 17, 2020

काठमाडौँ,४ चैत । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा रु २ हजार घटेर प्रतितोला रु ७५ हजार ५०० मा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला रु ७७ हजार ५ सयमा कारोबार भएको थियो । महासंघका अनुसार तेजावी सुनको मूल्य आज रु ७५ हजार २०० कायम गरिएको छ ।

आज चाँदीको मूल्यपनि घटेको छ । चाँदीमा प्रतितोला ८० रुपैयाँले घटेर मंगलबार प्रतितोला ७१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।