आज बुधवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ हेर्नुहोस् २०७६ चैत्र ५ गते


हरेकपल March 18, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल चैत्र महिनाको ५ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मार्च महिनाको १८ तारिख, बुधवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२०(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२०) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, तथा नेपाल संवत् ११४० अन्तर्गत परिधावी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत चैत्र कृष्णपक्षको नवमी तिथि बिहान ७।४३ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । पूर्वाषाढा नक्षत्र दिवा ४।४७ बजेसम्म रहनेछन् । यसैगरी आज वरियन योग र वणिज करण रहेका छन् । आज सूर्योदय बिहान ६।१२ मा छ भने सूर्यास्त बेलुका ६।१३ बजे हुनेछ । चन्द्रमा आज धनु राशिमा छन् ।


आज बुधवार विष्णुलक्ष्मीको उपासनाका साथै हरिया वस्तुको प्रयोग लाभदायी रहनेछ ।