गौतम र गोयलले क्वारेन्टाइनका लागि निःशुल्क घर उपलब्ध गराउने


हरेकपल March 17, 2020


काठमाडौँ । कोरोना भाइरलको त्रास बढेसँगै लालचन्द्र गौतम, उनकी श्रीमती बन्दना पौडेल र चिराग गोयलले आफ्नो खाली रहेको घर क्वा रेन्टाइन तथा आइसोलेसनका लागि आश्रय लिन चाहनेलाई सहयोग गर्ने भएका छन् ।

गौतमले फेसबुकमा पोस्ट गर्दे आइसोलेसनमा बस्नुपर्ने तर बास नभएका आफ्नो घरका कोठाहरु निस्शुल्क बस्नका लागि उपलब्ध गराउने जानकारी गराएका छन् । उनले लेखेका छन,‘यदि कोही नेपाली तथा विदेशी जसलाई आइसोलेसनका लागि सेल्टरको आवश्यकता छ उनीहरुलाई हाम्रो घरको कोठा निस्शुल्क रहेको छ ।’ उन्नको यो कार्यबाट उत्प्रेरित भई गौतमका साथी चिराग गोयलले पनि आफ्नो सिफलको घर क्वारेन्टाइनका लागि निःशुल्क उपलब्ध गराउन इच्छुक रहेको फेसबुकमा पोष्ट गरेका छन् ।

गौतमका कुलेश्वरमा रहेको उक्त घर साढे ४ तल्लाको घरमा २ वटा फर्निचरसहितको बेड रुम, २ वटा किचेन, ३ वटा खाली बेडरुम र २ वटा लिभिङ रुम खाली अवस्थामा रहेका छन् । साथै एक तल्लामा अफिस रहेको छ आवश्यकता परेको खण्डमा त्यो पनि केही समयका लागि बन्द गरेर राख्न सकिने गौतमले बताए ।