राजधानीको सानो भर्‍यााङबाट १० लाख थान मास्कसहित एकजना पक्राउ


हरेकपल March 18, 2020

काठमाडौं,५ चैत । काठमाडौँको सानो भर्‍यााङबाट आज प्रहरीले फेरी १० लाख थान सर्जिकल मास्कसहित एकजनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले गोरखाका युवराज न्यौपानेलाई पक्राउ गरेको हो । यसअघि महाशाखाले मंगलबार बढी मूल्यमा बेच्न खोजिएको १६ कार्टुन स्यानिटाइजर बरामद गरेको थियो । कोरोना भाइरसको आतंकका बीच मास्कमा कालोबजारी हुने गरेको गुनासोसँगै  प्रहरीले निगराढी बढाउने क्रममा राजधानीको सानो भर्‍यााङबाट १० लाख मास्क बरामद गरेको हो ।