आज बिहीवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ हेर्नुहोस् २०७६ चैत्र ६ गते


हरेकपल March 19, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल चैत्र महिनाको ६ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मार्च महिनाको १९ तारिख, बिहीवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२०(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२०) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, तथा नेपाल संवत् ११४० अन्तर्गत परिधावी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत चैत्र कृष्णपक्षको दशमी तिथि बिहान ७।३९ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । उत्तराषाढा नक्षत्र बेलुका ५।३३ बजेसम्म रहनेछन् । यसैगरी आज परिघ योग र बब करण रहेका छन् । आज सूर्योदय बिहान ६।११ मा छ भने सूर्यास्त बेलुका ६।१४ बजे हुनेछ । चन्द्रमा आज मकर राशिमा छन् ।


आज बिहीवार दक्षिणकाली भगवतीको उपासना लाभदायी रहनेछ । यसैगरी आज बिहान ७।३९ बजेसम्म भद्रा पनि रहनेछन् ।