मान्छेका परं शत्रु र मित्र के के हुन् ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल March 19, 2020

आलस्यं हि मनुष्याणां शरीरस्थो महान् रिपुः ।
नास्त्युद्यमसमो बन्धुः कृत्वा यं नावसीदति ।।
– नीति वचन

मान्छेको सबैभन्दा ठूलो शत्रु अल्छी पना हो । यसैगरी मान्छेको परं मित्र उद्यम अर्थात् परिश्रम हो । त्यसैले अल्छी त्यागी परिश्रमी बन्नु पर्दछ ।


मान्छेलाई अवनतिको मार्गमा धकेल्ने प्रमुख शत्रु भनेको शरीरमा रहने अल्छी पना नै हो । अल्छीपनलाई शत्रुको संज्ञा पनि दिइएको छ । यसले अवनतिको मार्गमा धकेल्ने भएर पनि यस्तो संज्ञा दिइएको हो ।


अल्छी गर्नाले ज्ञान प्राप्त हुँदैन, ज्ञान नभएपछि धन आर्जको बाटो रोकिन्छ । धन नहुनेका कोही मित्र पनि हुँन चाहँदैनन् र मान्छेको सुख पनि हराएर जान्छ । अर्थात् जीवन कष्टमय व्यतित हुनथाल्छ । त्यसैले जीवनमा उन्नति चाहने व्यक्तिका निम्ति अल्छी पना त्याज्य मानिएको छ ।
यसैगरी मान्छेको परं मित्र भनेको उद्यम अर्थात् परिश्रम हो । उद्यमले नै कार्यमा सफलता मिल्नेगर्दछ । जुन कुनै काममा पनि लागिपर्ने मान्छेले उन्नतिका शिरखर चढेर नै छाड्ने गर्दछन् । अतः अल्छी पन त्यागी परिश्रमी बन्नु पर्दछ भन्ने नीति वचन मननीय छ ।