कोरोना विरुद्ध सरकारले गर्यो यस्तो निर्णय हेर्नुहोस्


हरेकपल March 18, 2020

काठमाडौं । सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाउने निर्णय गरेको छ । आज बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

आज बसेको बैठकले,फिल्म हल, जिम हल, नाइट क्लब, रंगशाला, सांस्कृतिक केन्द्र, हेल्थ कल्ब, संग्रहालय र स्विमिङ पुलहरू समेत २० अप्रिल सम्म बन्द गर्ने निर्णय गरिएको छ।

त्यस्तै, अत्यावश्यक काम बाहेक बाहिर हिडडुल नगर्न समेत आग्रह गरेको छ । सार्वजनिक यातायातमा पनि सिटक्षमता भन्दा बढि यात्रु ओसारपसार नगर्न, नगराउन यातायात व्यवसायीलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ । कोरोनाको संक्रमण देखिएका देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध गरेको छ ।