नेपाली काङ्ग्रेस रामेछाप–काठमाडौँ सम्पर्क समिति पुनर्गठन


हरेकपल March 18, 2020

काठमाडौँ । नेपाली काङ्ग्रेस काठमाडौँ सम्पर्क समपतिको २५ वर्षपछि पुनर्गठन तथा हस्तान्तरण समारोह सम्पन्न भएको छ । निवर्तमान अध्यक्षश्री शिव श्रेष्ठको सभापतित्व तथा नेपाली काङ्ग्रेसका पूर्व प्रमुख सचेतक,पूर्व जलस्रोतमन्त्री एवम् समितिका संस्थापक अध्यक्षश्री लक्ष्मणप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा सुसम्पन्न यश समारोहमा नेपाली काङ्ग्रेसका जिल्ला सभापति लवश्री न्यौपाने, पूर्व सभापति रामचन्द्र खड्का, त्यसैगरी जिल्लाका नेता श्री कान्छाराम तामाङ्,आङ्टावा शेर्पा,पूर्णबहादुर खड्का,उपसभापति जितेन्द्र मोक्तान,गङ्गा अधिकारी,जमुना कार्की,बलबहादुर नेपाली,ध्रुव लामा,वीरबहादुर तामाङ् लगायतका नेता तथा कार्यकर्ताहरू समुपस्थित उक्त भेलाले सर्वसम्मत रूपमा रामेछापका नेताश्री राजनारायण श्रेष्ठको अध्यक्षतामा नवसमिति चयन गरेको छ ।

पदाधिकारीमा क्रमशः उपाध्यक्ष पदमा प्रदीप बस्नेत र सुजन काफ्ले, सचिव पदमा उमेशप्रसाद घिमिरे र शुकदेव खड्का, सहसचिवपदमा हिमाल महत र प्रकाशचन्द्र महत , कोषाध्यक्ष पदमाशकुन्तला त्रिपाठीलाई जिम्मेवारी प्रदान गरेकोछ ।५१ सदस्यीय सम्पर्क समितिका लागि ४५ सदस्य आजै चयन गरिसकिएको र बाँकी ६जना भूगोल,लिङ्ग,जाति,पेशा,योगदान आदिका आधारमा समवेशी हुनेगरी कार्यसमितिले नै राख्न पाउने अधिकार भेलाले प्रदान गरेको छ ।
नेपाली काङ्ग्रेसका पूर्वसचेतक नेताश्री लक्ष्मणप्रसाद घिमिरेको संयोजकत्वमा २०४७ सालमा स्थापना भएको र २०५१ सालदेखि अहिलेसम्म निरन्तररूपमा अध्यक्षश्री शिव श्रेष्ठको नेतृत्वमा अघि बढेको यस समितिले २५ वर्षपश्चात् नयाँ नेतृत्व पाएको हो ।

समिति पुनर्गठन तथा हस्तान्तरण समारोहमा नेपाली काङ्ग्रेसका नेता श्रीलक्ष्मणप्रसाद घिमिरे,सभापति लवश्री न्यौपाने,उपसभापति जितेन्द्र मोक्तान,पूर्व सभापति रामचन्द्र खड्का लगायतका नेतागणले नवनिर्वाचित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना मन्तव्य राख्नु भएको थियो ।


उक्त कार्यक्रम आज काठमाडौँ , मध्यवानेश्वर स्थित म्याक्डोल पार्टी प्यालेसमा सम्पन्न भएको थियो ।