काठमाडौं, ६ चैत । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई ‘ब्याक पेनुका कारण गएराति अस्पताल भर्ना भएका छन् ।
उनलाई राति ८ बजेतिर अस्पताल भर्ना गरिएको हो । राति नै उनको एनजियोग्राम लगायत अन्य परीक्षण गरिएको थियो । सबै रिपोर्टहरु सामान्य देखिएकाले केही प्रक्रिया पूरा गरेपछि आजै डिस्चार्ज गर्ने तयारी भएको उनका स्वकिय सचिव विश्वदिप पाण्डेले सामाजिक संजाल मार्फत जानकारी गराएका छन् ।