काठमाडौँ,६ चैत । आज सुनको मूल्य तोलामा रु १ हजार ५०० ले घटेर प्रतितोला रु ७५ हजारमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला रु ७६ हजार ५ सयमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य आज रु ७४ हजार ७०० कायम गरिएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज, चाँदी तोलामा रु ३० ले घटेर प्रतितोला ६८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।