प्रशासनको छड्केमा २६ जना कर्मचारी अनुपस्थित

हरेकपल March 19, 2020

रामेछाप । जिल्ला प्रशासन कार्याँलय रामेछापले बुधवार आकश्मिक रुपमा गरेको छड्केमा २६ जना कर्मचारी अनुपस्थित भएका छन् । सदरमुकाम मन्थली र पुरानो सदरमुकाम रामेछापमा रहेका विभिन्न ६ वटा सरकारी कार्यालय छड्केको क्रममा २६ जना कर्मचारी अनुपस्थिति रहेको पाईएको थियो ।

दुवै ठाउँमा प्रसासन कार्यालयले छुटै टोली पठाएको र सो क्रममा ११ जना कर्मचारीले पोशाक नलगाएको र १० जनाले सरकारी परिचय पत्र नलागाई कार्यालय आएको पाईएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आज छड्के गरिएका कार्यालयहरुमा रामेछाप नगरपालीकाको कार्यालय ,जिल्ला शिक्षा समन्वय ईकाई,नेपाल टेलीकमको कार्यालय डिभिजन वन कार्यालय,रामेछाप जिल्ला स्वास्थ कार्यालय रामेछाप र घरेलु तथा साना उद्योग विकास समिति मन्थली रहेका जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।

छड्केमा परेका कर्मचारीहरुलाई नियम अनुसार स्पष्टिकरण सोधिने र कसुरका हकमा निजामति ऐनमा भएको ब्यवस्था अनुसार कार्वाहि प्रकृया अघि वढाईने जानकारी प्रमुख जिल्ला अधिकारी रुद्रा देवि शर्माले दिईन् । सरकारले सह सचिव स्तरको सिडियोको ब्यवस्था गरेपछि पहिलो पटक रामेछापमा आएर जिम्मेवारी सम्मालेकि शर्माले गरेको यो पहिलो छड्को भएको र यसको दिर्घकालीन प्रभाव भने हेर्न बाँकि रहेको पर्यवेक्षक हरुले बताएका छन ।