सामुहिक फूल खेति गर्दै आमा समुह


हरेकपल March 19, 2020

ताङतिङ । मादी गाउँपालिका २, ताङतिङमा रहेको आमा समूहले सामुहिक फूल खेति गर्दै आएका छन् । करिब दुई वर्ष अघिबाट सुरू गरिएको सामुहिक फूल खेतिबाट ६ लाख सम्म फाइदा भएको कुरा आमा समूहका सचिव आशमाया गुरूङले बताउनुभयो । फूलको माग उच्च रहेको र अहिले उत्पादित फुल प्रयाप्त नभएको बताउदै उहाँले आगामि दिनमा अझै धेरै मात्रामा फुल खेति गर्ने बताउनुभयो ।

फूल खेतिबाट फाइदा भएको रकम समूहको सबै सदस्यमा बराबर बाढ्ने गरेको र फुल खेतिमा सबै सदस्यहरूको सक्रिय सहभागिता रहने गरेको सचिव गुरूङले बताउनुभयो । सोहि समूहले हालै सामूहिक आलु खेति समेत गरेका छन् । पोखरादेखि २७ कि.मी. उत्तर पूर्व दिशामा रहेको ताङतिङ गाउँ पर्यटकिय स्थलको रूपमा विकसित भइरहेको छ र त्यहाँका आमा समूहले निकै सक्रिय रूपमा काम गरिरहेका छन् ।