देशभरका अदालत दुई साता बन्द


हरेकपल March 20, 2020

काठमाडौं,७ चैत । देशभरका अदालतहरु आइतबारदेखि दुई साताका लागि बन्द हुने भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले अदालतहरु आगामी चैत २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।

तर बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने कारवाही रोकिने छैन । बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य नियमित मुद्दाहरुको सुनवाई दुई साता रोकिने सर्वोच्च अदालतले जनाएको छ ।