प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्ने,नेपाल टेलिभिजन र रेडियो नेपालबाट प्रसारण हुने


हरेकपल March 20, 2020

काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री ओलीले शुक्रबार अपरान्ह ५ बजे नेपाल टेलिभिजन र रेडियो नेपालबाट सम्बोधन गर्ने भएका हुन्। कोरोना भाइरसबाट देशबासीलाई सुरक्षित राख्न सरकारी प्रयास चलिरहेका बेला प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्।

प्रधानमन्त्रीले अपरान्ह ५ बजे देशबासीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। तर संबोधन बालुवाटार वा सिंहदरबार कहाँबाट गर्ने भन्नेबारे भने तय भइनसकेको बताइएको छ।

भीड हुने भएकाले कार्यक्रममा नेपाल टेलिभिजन र रेडियो नेपालका पत्रकारलाई मात्र अनुमति दिइने बताएको छ।