चैत ९ देखि २१ गतेसम्म कुन–कुन सेवा सुचारु, कुन–कुन सेवा बन्द ?


हरेकपल March 20, 2020

काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको आफ्नो सम्बोधनका क्रममा अत्यावश्यक सेवा बाहेकका सबै सेवा चैत ९ देखि २१ गतेसम्म बन्द गर्ने घोषणा गरेका छन् । जसअनुसार कुन–कुन सेवा सुचारु हुन्छन् र कुन–कुन सेवा बन्द हुन्छन् भन्नेमा धेरैमा अन्योल छ ।

प्रधानमन्त्रीले आफ्नो सम्वोधनमा भनेका छन्– ‘देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिएअनुसारका अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।’

जसअनुसार यी सेवा बन्द हुनेछन्

नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु आगामी चैत ९ गते देखि १८ गतेसम्मको लागि स्थगित गरिएको छ ।

सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ । यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसंग आवश्यक समन्वय गरिने छ ।

देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।
आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्‍चालनमा रोक लगाइएको छ ।

मानिसहरुको भीडभाड हुने स्थान, सिनेमा घर आदि हाललाई बन्द गरिएको छ ।
विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरु हाललाई स्थगित गरिएको छ ।

कुन–कुन सेवा अत्यावश्यक हुन् जो बन्द हुँदैनन् ?

अत्यावश्यक सेवा भनेर आवश्यक सेवा ऐन २०१४ मा परिभाषित सेवा मात्र हुन् वा त्यसभित्रका कतिपय सेवाहरु पनि बन्द हुन्छन् भन्ने अझै प्रष्ट भइसकेको छैन । यसबारे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चाँडै सूचित गर्ने जानकारी दिएको छ ।

राजपत्रमा भने अत्यावश्यक सेवाहरुभित्र निम्न सेवालाई अत्यावश्यक सेवामा समावेश गरिएको छ । हेर्नुहोस् राजपत्र