चैत्र मसान्तसम्मका लागि नेपाली कांग्रेसको क्रियाशील वितरण र नवीकरण स्थगन


हरेकपल March 21, 2020

काठमाडौं, ८ चैत । नेपाली कांग्रेसले चैत्र मसान्तसम्मका लागि क्रियाशील सदस्यता वितरण र नवीकरणको कामलाई स्थगन गरेको छ ।

कांग्रेका ​प्रवक्ता एवं ​सूचना, सञ्चार एवं प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएका हुन् ।

नेपाली कांग्रेसले चैत्र मसान्तसम्मलाई कृयाशिल वितरण र नविकरण स्थगन गर्दै सचेतना अभियानमा नेपाली कांग्रेस थप सकृय हुने पनि जानकारी गराएको छ ।

विज्ञप्तिका पाँच बुँदा

१. ​प्राणघातक कोरोना भाइरसको जोखिम दृस्टिगत गरेर ठुला भेला र सम्मेलनहरु यसअघिनै स्थगित गरिएको भएपनी चौधौं महाधिवेशन तयारीसंग सम्बन्धित (कृयाशिल सदस्यता नवीकरण र वितरण एवं बांकी समायोजन) कार्य जारी राखिएका थिए । तर, पछिल्लो समयमा अझ बढेको जोखिमबाट थप सतर्कताका लागि चैत्र ९ देखि लागु हुनेगरि ती कार्य ०७६ चैत्र मसान्तसम्मका लागि स्थगित गरिएका छन् ।

२, ​`शहरदेखि गाउँसम्म, गाउँको टोल हुँदै घरघरसम्म´ कोरोना सचेतना अभियानमा पार्टीपंक्तिको कृयाशिलता भने सतर्कतापुर्वक विविध ढंगले जारी रहनेछ ।

३, ​जिल्ला, क्षेत्र, गाउँ-नगर हुँदै टोल तहसम्म जोखिम सामना गर्ने रास्ट्रीय दायित्व निर्वाहमा नेपाली कांग्रेसको सम्बन्धित तहका साथीहरूले विभिन्न दल, समुदाय र स्वास्थकर्मिहरुसंग आवश्यक समन्वय, सहयोग र स्वयंसेविको भुमिका निभाउनु हुनेछ ।

४, ​सचेतना अभियानमा संचारका विविध माध्यमको प्रयोगमा तिब्रता दिइनेछ ।

५, ​स्थलगत सांगठनिक गतिविधि रोकिएको यो अवधीमापनी मुलतः कोरोना सचेतना अभियानको आवश्यकता अनुसार नेपाली कांग्रेस केन्द्रीय कार्यालय खुला रहनेछ ।