आज आइतवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् २०७६ चैत्र ९ गते


हरेकपल March 22, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल चैत्र महिनाको ९ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मार्च महिनाको २२ तारिख, आइतवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२०(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२०) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, तथा नेपाल संवत् ११४० अन्तर्गत परिधावी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत चैत्र कृष्णपक्षको त्रयोदशी तिथि बिहान १०।२७ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । शतभिषा नक्षत्र राति १०।३९ बजेसम्म रहनेछन् । यसैगरी आज साध्य योग र भद्रा करण रहेका छन् । आज सूर्योदय बिहान ६।८ मा छ भने सूर्यास्त बेलुका ६।१६ बजे हुनेछ । चन्द्रमा आज कुम्भ राशिमा छन् ।


आज आइतवार सूर्य भगवान्को उपासनाका साथै प्रातः कालमा सूर्यलार्य अर्घदान लाभदायी रहनेछ । यसैगरी यसैगरी दिवा १०।२७ देखि २३।१८ बजेसम्म भद्रा रहनेछन् ।