कोरोनाको हल्ला सँगै रामेछापको पोल्ट्री ब्यवसाय संकटमा


हरेकपल March 22, 2020

रामेछाप । देशमा कोरोनाको त्रासदि संगै ब्यापार ब्यावसायमा आएको गिरावट बढि रहेको बेला जिल्लाको पोल्ट्री ब्यवसाय संकटमा छन् । कोरोनाको हल्ला संगै आफनो फर्ममा उत्पादित चल्ला र मासु विक्रि हुन छाडेपछि उनिहरुको ब्यवसाय संकटमा परको हो ।


जिल्लामा एउटा ह्याचरी उद्योग र दजनौको संख्यामा पोल्ट्री फर्म संचालनमा रहेका छन् । यसरी संचालित सबै फर्म ऋणका भरमा चल्दै आएका र ब्यावसायमा गिरावट आएपछि आफुहरुलाई ऋणको ब्याज तिर्न समेत समस्या भएको उनिहरु गुनासो रहेको छ । कोरोनाको हल्ला संगै कुखुराको मासु र चल्ला विक्रि हुन छाडेपछि आफुहरुको ब्यवसाय चौपट भएको नेसनल पोल्ट्री फर्म वितिटारका संचालक रुद्र श्रेष्ठले गुनासो गरे । उनले भने कहिले भुकम्प,कहिले भारतिय नाकाबन्दि त कहिले कोरोनाको संभावित संक्रमण आदीको हल्लानै आफुहरुको लागि अभिषाप वनेको छ ।


कुखुराको मासू तथा अण्डाको माग बढे संगै त्यस खालको ब्यावसायबाट राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समयमा पोल्ट्री ब्यवसाय तर्फ युवाहरु आर्कषित हुँदै आएका थिए । जसका कारण सबैजसो पोल्टी फर्म, दाना उद्योग र दानाको पसल समेत युवाहरुको बर्चस्वमा संचालित रहेको छ ।


संभावित कोरोना संक्रमणको हल्ला संगै बैकहरुले आफुहरुलाई ब्याज असुलिमा समेत कडाई गरेको गुनासो पनि उनिहरुले गरेका छन् । मुलुकमा पटक पटक संकट पर्दे आएको बेलमा राज्यलाई सहयोग गर्नु हाम्रो पनि कर्तब्य हो । तर पुर्ण रुपमा क्रण लिएर ब्यवसायमा निर्भर बनेका ब्यवसायीहरुको अवस्थालाई सरकारले बास्ता गरेन । जसका कारण हामि जस्ता दर्जनौको संख्यामा रहेका ब्यवसायीहरु अप्ठेरो अवस्था ब्यहोर्न बाध्य छौ ।


हुन त मन्थली र रामेछापको बजारमा अहिले कुखुराको मासुको मुल्य प्रति केजि ३ सय ८० रहेको छ । तर मासुको खपतनै नभएपछि त निर्धारित मुल्यले मात्र धान्ने अवस्था आउँदैन । मासु र चल्लाको बजारमा आएको भारी गिरावट आए संगै संचालकहरुले धमाधमा जिउँदा चल्ला खाडलमा हालेर गाँड्न थालेका छन् । जसको प्रमाण स्वरुप रामेछाप नगरपालीका ८ विटारमा रहेको नेशनल पोल्ट्री फर्मले आज मात्र एकहजार ५ सय बटा चल्ला खाडलमा हालेरे गाडिदिएको छ ,।