काठमाडौँ,९चैत । भारतमा कोरोनाको संक्रमणबाट आइतबार दुई जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
विहारको पटनामा आज ३८ बर्षिय एक पुरुषको दुवै किड्नी फेल भएर मृत्यु भएको एएनआईले जनाएको छ । ति व्यक्ति केहि दिन अघि कतारबाट आएको उल्लेख गरिएको छ ।
त्यस्तै आइतबारनै भारतको महाराष्ट्रको मुम्बईमा ६३ बर्षका एक कोरोना संक्रमितको मृत्यु भएको छ । महाराष्ट्रमा कोरोनाबाट मृत्यु भएको यो दोस्रो घटना हो ।
अहिलेसम्म भारतमा कोरोनाबाट ३२४ जना संक्रमित भएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीलाई कोरोनाको संक्रमण फैलिन नदिन आइतबार जनता कर्फ्यु लगाउने घोषणा गरे बमोजिम आइतबार बिहान ७ बजेदेखि राति ९ बजेसम्मका लागि ‘जनता कर्फ्यु’ लागेको हो ।
अहिलेसम्म भारतमा २२ राज्यमा संक्रमण फैलिएको छ भने संक्रमितको संख्या ३४१ पुगेको छ ।
भारतमा तिब्ररुपमा कोरोनाको संक्रमण फैलिदै गएपछि विभिन्न राज्यले ‘लकडाउन’ समेत गरेका छन् । पंजाव, राजस्थान, गुजरात र बङ्गालमा अत्यावश्यक सेवा बाहेक ३१ मार्च सम्म लक डाउन गरिएको छ भने दिल्लीमा ५ जना भन्दा बढी भेला हुन नपाइने लगायतका ने कैयौ सेवा बन्द गरिएको छ ।