मन्त्रिपरिषद बैठक बस्दै


हरेकपल March 22, 2020

काठमाडौं, ९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदको बैठक डाक्नुभएको छ । ओलीले मिर्गौला पुनः प्रत्यारोपणपछि पहिलोपटक मन्त्रिपरिषदको बैठक डाक्नु भएको हो । सरकारले अत्वाश्यक बाहेकका सबै कामहरु दुई साताका लागि स्थगित गरेका बेला सो निर्णय कार्यन्वयनका सन्दर्भमा उच्चस्तरीय समितिले अलग अलग कार्यदलसमेत बनाइसकेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले दिनुभएको जानकारीअनुसार बैठक कोभिड-१९ का विषयमा केन्द्रित रहने छ ।  आज बस्ने मन्त्रिपरिषदको बैठकमा हालसम्मको कामको समीक्षा हुने बताइएको छ ।

मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीको कुर्सी अन्य मन्त्रीहरुको भन्दा केही टाढा राखेर व्यवस्थापन गरिएको स्रोतले जनाएको छ । मन्त्रिपरिषद बैठकले कोरोना संक्रमणकै सन्दर्भमा केही महत्वपूर्ण निर्णयहरु समेत गर्ने स्रोतले जनाएको छ ।