लुक्ला उडेको समिट एयरको जहाज रामेछापमा आकस्मिक अवतरण


हरेकपल March 22, 2020

काठमाडौं, ९ चैत । काठमाडौंबाट लुक्ला उडेको समिट एयरको जहाज रामेछापमा आकस्मिक अवतरण गरेको छ ।

एउटा इन्जिन फेल भएपछिचालक दलका सदस्यसहित १८ जना बोकेको जहाज आकस्मिक अवतरण गरिएको हो ।

रामेछाप विमानस्थल प्रमुख अमित चौरसियामका अनुसार इन्जिनमा खराबी आएपछि रामेछापमा आकस्मिक अवतरण गरिएको हो ।

जहाज बिहान ९ बजे विमानस्थलमा अवतरण गरेको थियो । समिटको ‘९ एन एएमजी’ कल साइनको विमान आकस्मिक अवतरण गर्नुपरेको थियो ।

समिट एयरका यात्रुलाई तारा एयरको विमानमार्फत लुक्ला पुर्याइएको छ । प्राधिकरणको प्राविधिक टोलीले चेकजाँच गरेपछि मर्मत गरी उडानयोग्य बन्नेछ ।