बहराइनमा रहेका तीन नेपालीलाई कोरोना भाइरस संक्रमण


हरेकपल March 22, 2020

काठमाडौं, ९ चैत । बहराइनमा रहेका तीन नेपालीलाई कोरोना भाइरस संक्रमण देखिएको छ ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासका अनुसार कोरोना संक्रमणको आशंकामा थप तीन नेपालीलाई क्वारेन्टाइनमा राखिएको राजदूत सुन्दासले जानकारी दिए ।

बहराइनमा कुल ३१० जनामा कोरोनाको संक्रमण देखिएको छ । उनीहरूमध्ये १२५ जनामा निको भइसकेका छन् भने एक जनाको मृत्यु भइसकेको छ ।

बहराइनमा हाल रोजगारीका लागि करिब ३५ हजार नेपाली पुगेका छन् ।