प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता


हरेकपल March 22, 2020

काठमाडौं, ९ चैत । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्रीले कोरोना संक्रमणको महामारी रोक्न सरकारले गरिरहेका पहलबारे राष्ट्रपतिलाई जानकारी गराएका छन् ।

दोस्रोपटकको मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीले राष्ट्रपतिसँग पहिलोपटक भेट भएको हो । प्रधानमन्त्रीसँगको भेटमा राष्ट्रपतिले सरकारले कोरोना संक्रमणविरुद्ध गरेको कामको प्रशंसा गरेको बताइएको छ ।

यसअघि राष्ट्रपतिसँग नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले पनि भेट गरेका थिए । राष्ट्रपतिले नेकपा नेताहरुलाई आपसी विश्वासका साथ पार्टी एकता जोगाएर अघि बढ्न सुझाब दिएको बताइएको छ ।