आज सोमवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् २०७६ चैत्र १० गते


हरेकपल March 23, 2020


श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल चैत्र महिनाको १० गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मार्च महिनाको २३ तारिख, सोमवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२०(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२०) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, तथा नेपाल संवत् ११४० अन्तर्गत परिधावी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत चैत्र कृष्णपक्षको चतुर्दशी तिथि दिवा १२।१४ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । पूर्वाभाद्रपदा नक्षत्र राति १।५ बजेसम्म रहनेछन् । यसैगरी आज शुभ योग र चतुष्पाद करण रहेका छन् । आज सूर्योदय बिहान ६।६ मा छ भने सूर्यास्त बेलुका ६।१६ बजे हुनेछ । चन्द्रमा आज कुम्भ राशिमा छन् ।


आज सोमवार शिवजीको उपासनाका साथै सेता वस्तुको प्रयोग आज लाभदायी रहनेछ ।