आज औँसी तिथि, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् २०७६ चैत्र ११ गते


हरेकपल March 24, 2020


श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल चैत्र महिनाको ११ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मार्च महिनाको २४ तारिख, मंगलवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२०(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२०) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, तथा नेपाल संवत् ११४० अन्तर्गत परिधावी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत चैत्र कृष्णपक्षको औासी तिथि दिवा २।१६ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । उत्तराभाद्रपदा नक्षत्र राति ३।४१ बजेसम्म रहनेछन् । यसैगरी आज शुक्ल योग र किंस्तुध्न करण रहेका छन् । आज सूर्योदय बिहान ६।५ मा छ भने सूर्यास्त बेलुका ६।१७ बजे हुनेछ । चन्द्रमा आज मीन राशिमा छन् ।


आज औँसी तिथि परेको छ । औँसीमा पितृकर्म विशेष लाभदायी रहन्छन् । आज पितृका निम्ति गरिएक दानादिकर्म विशेष फलदायी रहनेछन् । यसैगरी आज घोडेजात्रा पनि परेको छ ।