टेकुमा एक जना नेपालीलाई कोराना भाइरस लागेको पुष्टि


हरेकपल March 23, 2020

काठमाडौँ । टेकुमा एक जना नेपालीलाई कोराना भाइरस लागेको पुष्टि भएको छ । फ्रान्सबाट कतार हुँदै आएका नेपाली नागरिकमा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ । चैत ४ गते नेपाल आएका ती व्यक्तिको रिपोर्ट हिजो आएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिएका छन् ।

यसैगरी संक्रमित व्यक्तिसँग भेटघाट गरेका सबै व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको पनि मन्त्री ढकालले जानकारी दिएका छन् । उनी होम क्वारेन्टाइनमा रहँदा उनले भेटेका सबैलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिने पनि मन्त्री ढकालले जानकारी दिएका छन् । संक्रमितत व्यक्ति १९ वर्षीया युवती रहेको र उपचारका लागि अस्पताल लगिएको पनि उनले बताए।