कस्तो अवस्थामा कोरोनाको परिक्षण गर्ने ?


हरेकपल March 24, 2020

अचानक १०२ डिग्रीभन्दा धरै ज्वरो आएमा

सुख्खा लहरे खोकी लागेमा

सास फेर्न निकै गाह्रो भएकोमा

छातीको एक्स रे गर्दा निमोनियाको लक्षण देखिएमा

एकदम थकाइ लागेमा

कुन अवस्था मौसमी फ्लु हो ?

  • रुघा लागेमा
  • नाक बन्द हुने वा नाकबाट पानी आइरहेमा
  • मन्द ज्वरो आएमा
  • सामान्य खोकी लागेमा
  • हाच्छ्युं आइरहेमा
  • हल्का शरीर दुखेमा

आत्तिने नगरौं, कोरोना कमजोर भाइरस हो | ८५ % व्यक्तिलाई सामान्य लक्षण देखिएर निको हुन्छ | घरमै बसेर, झोलिलो खाना खाएर तथा सिटामोल खाएर निको हुन्छ |
बाँकी १० % लाई अस्पतालमा केहि दिन बस्नुपर्ने हुन्छ | केहिलाई गम्भीर अवस्था हुन्छ तर निको हुन्छ | २-३ % को मात्र मृत्यु हुन्छ | यो २-३ % मृत्यु हुने धेरै रोगहरु छन् |