डब्लूएचओले भन्यो -नेपालको प्रयोगशालाको परीक्षण विश्वसनीय


हरेकपल March 24, 2020

काठमाडौं, ११ चैत । विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा गरिएको कोरोना भाइरसको परीक्षण विश्वसनीय भएको बताएको छ।

डब्लूएचओले नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अध्ययन गर्न मार्च १३ देखि २१ सम्म खटिएका माइक्रोबायोलोजिस्ट डा। जोनाथन एस्क्रोफ्टले तयार पारेको सुधारको सिफारिससहितको प्रतिबेदनमा यस्तो बताएको हो।

प्रयोगशालाले कोरोना भाइरसको परीक्षणमा सबै प्रक्रिया पूरा भएको प्रतिबेदनमा उल्लेख छ। उसले परीक्षण क्षमता भने विस्तार गर्नुपर्ने सुझाव दिएको छ। कोभिड परीक्षणको लागि प्रयोगशालाले राम्रो तयारी गरेको बताउँदै संगठनले नियमित रुपमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ।