धैर्य व्यक्तिका लक्षण के के हुन् ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल March 25, 2020

निन्दन्तु नीतिनिपुणा यदि वा स्तुवन्तु
लक्ष्मीः समाविशतु गच्छतु वा यथेष्टं ।
अद्यैव वा मरणमस्तु युगान्तरे वा ।
न्याय्यात्पथः प्रविचलन्ति पदं न धीराः ।।
–नीतिशतकम्, श्लो ८४

चाहे कसैले निन्दा गरुन्, चाहे स्तुति गरुन्, धन नित्य प्राप्त होस् वा नहोस्, मृत्यु चाहे आजै होस् वा युगान्तमा होस् धैर्य व्यक्ति न्यायको मार्ग छोडेर एक पाउ पनि अघि बढ्दैनन् ।


धैर्यको मार्गमा हिँड्ने व्यक्ति सदा अविचल रहने गर्दछन् । जस्तोसुकै परिस्थितिलाई पनि सामना गर्नसक्ने व्यक्तिलाई नै धैर्यको कोटिमा राखिएको छ । समदर्शी व्यक्तिले जस्तोसुकै संकटमा पनि जुध्न सक्ने सामथ्र्य राख्दछन् । यही कुरालाई भर्तृहरिले पनि नीति शतकमा उल्लेख गरेका छन् ।


धैर्य व्यत्तिलका लागि निन्दा र प्रशंससा समान रहन्छन् । कसैले निन्दा गरुन् वा प्रसंशंसा नै । जे गरे पनि धैर्यवान् व्यक्ति विचलित हुँदैनन् । अर्थात् प्रशंसामा प्रफुल्ल र निन्दा गर्दा रीसले जल्ने प्रवृत्ति धैर्य व्यक्तिमा हुँदैन ।


यसैगरी धनका मामलामा पनि धैर्य व्यक्ति समदर्शी नै हुन्छन्, भनेर बताइएको छ । धन नित्य आओस् वा टुटोस् । धन हुँदा जस्तो व्यवहार गर्दछन् नहुँदा पनि त्यस्तै व्यवहार गर्ने व्यक्तिलाई धैर्यको कोटिमा राखिएको छ ।


यसैगरी मृत्युका बारेमा पनि धैर्य व्यक्ति विचलित हुँदैनन् । यसैगरी धैर्य व्यक्तिले न्यायको मार्ग पनि कहिल्यै छोड्दैनन् । त्यसैले जस्तोसुकै विपत्ति भए पनि हरेक कार्य धैर्यताका साथ गर्नुपर्दछ भन्ने आजको नीति वचन मननी यछ ।