नेपाल टेलिकमको रिचार्जमा शतप्रतिशत बोनस सेवा


हरेकपल March 25, 2020

काठमाडौं, १२ चैत । नेपाल टेलिकमले रिचार्जमा शतप्रतिशत बोनस सेवा अफर ल्याएको छ ।

यसअघि नेपाल दूरसञ्चार प्राधिकरणले रिचार्जमा शतप्रतिशत बोनस सेवा दिन निर्देशन गरेको थियो । सोही निर्देशनअनुसार टेलिकमले बुधबारबाट यो सेवा सुरु गरेको हो । 

कोरोना भाइरस आतंकका कारण देशभर लकडाउन भएपछि टेलिकमले रिचार्जमा शतप्रतिशत बोनस सेवा सुरु गरेको हो ।

टेलिकमको यो सेवा बुधबार दिउँसोबाट सुरु भएको छ । अब टेलिकमका सेवाग्राहीले जति रिचार्ज गर्छन् त्यति नै बोनस पाउनेछन् ।