श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल चैत्र महिनाको १४ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मार्च महिनाको २७ तारिख, शुक्रवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२०(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२०) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत चैत्र शुक्लपक्षको तृतीया तिथि राति ८।१० बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । अश्विनी नक्षत्र बिहान ८।४२ बजेसम्म हनेछन् । यसैगरी आज वैधृति योग र तैतिल करण रहेका छन् । आज सूर्योदय बिहान ६।२ मा छ भने सूर्यास्त बेलुका ६।१८ बजे हुनेछ । चन्द्रमा आज मेष राशिमा छन् ।
आज मत्स्या जयन्ती हो । मत्स्यावतार भगवानको प्रदुर्भाव भएको दिनलाई मत्स्य जयन्ती भनिन्छ । यसैले आज मत्स्यनारायण भगवान्को उपासना लाभदायी रहनेछ ।