उदार चित्त भएका व्यक्तिको स्वभाव कस्तो हुन्छ ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल March 27, 2020

अयं निजः परो वेति गणना लघु चेतसाम् ।
उदारचरितानां तु वसुधैव कुटुम्बकम् ।।
– महोपनिषद्, अध्याय ४, श्लोक ७१

सानो चित्त भएका मान्छे यो मेरो र यो अर्काको भन्ने सोच भएका हुन्छन् भने उदार चरित्र भएका व्यक्ति सम्पूर्ण पृथ्वीवासीलाई बन्धु समान देख्छन् ।

पौरस्त्य वाङ्मयले उदार र संकीर्ण दुवै चित्त भएका व्यक्तिको व्याख्या गर्दै उदार चरित्रको हुन अभिप्रेरित गरेको छ ।


सानो चित्त भएका व्यक्ति यो मेरो, यो अर्काको भन्ने भुलभुलैयामा दिनचर्या बिताइरहेका हुन्छन् । जुन सर्वथा गलत हो । किनकि सानो सोच राख्ने व्यक्तिले जीवनका कहिल्यै उन्नतिका मार्ग प्राप्त गर्न सक्दैनन् । आफ्नो र अर्काकोमा भेद भाव राख्ने साने चित्त भएका व्यक्ति हुन् । अतः यसैगरी संकीर्ण मानसिकतले कसैको पनि भलो हुदैन ।


हामी उदार चरित्रबाला हुनु पर्दछ । किनकि संसारमा सबै समान छन् । कोही पनि ठुला र साना छैनन् । सबैको समान अस्तित्व छ । सबै ईश्वरकै देन हुन् । आफ्नो र अर्काको भनेर भेदभाव गर्नु निर्थक हो । किनकि न त हाम्रो हातमा केही थियो न त छ र न केही रहने नै छ । सबै ईश्वरकै वरदान हुन् । त्यसैले सम्पूर्ण पृथ्ववासी नै दाजुभाई बन्धु समान् हुन् भन्ने भाव नित्य राख्न सक्नुपर्दछ । यो नै उपनिषद्को निर्देशन र ब्रह्मवाक्य पनि हो भन्ने आजको नीतिवचन मननीय छ ।