लोकतान्त्रिक आन्दोलनका योद्धा लामाको निधन


हरेकपल March 26, 2020

काठमाडौं, १३ चैत । नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय, निष्ठावान्, सह्दयी समाजसेवी सदा कर्मशील व्यक्तित्व नेपाली काङ्ग्रेसका नेता गजेन्द्र लामाको ६८ बर्षको उमेरमा निधन भएको छ ।

उहाँको भारत हरियाणाको गुड्गाउँस्थित मेदान्त अस्पतालमा केही दिन पहिले कलेजो प्रत्यारोपण भएको थियो । तर प्रत्यारोपण सफल हुन नसकेपछि उहाँकाे निधन भएकाे पारिवारिक स्राेतले बताएकाे छ । उहाँले लुम्बिनी विकास कोषको सदस्य सचिव समेत योगदान दिनुभएको थियो ।

आफ्ना पिताजीलाई पुनर्जन्म दिन प्रतिबद्ध छोरी डा. सृजना लामाले आफ्नो कलेजो दिएकी थिइन् । तर कालको निर्दयी पन्जाका सामु केही लागेन । दिवङ्गत आलेको धर्मपत्नी उमा लामा, छोरी सृजना, छोरा तेन्जिङ , बुहारी बन्दना सहित शोकसन्तप्त परिवारजनमा हरेकपलको तर्फबाट समवेदना व्यक्त गर्दछौं ।