संकटको बेला जनताको सेवामा समर्पित हुनु हाम्रो प्रमुख दायित्व


हरेकपल March 27, 2020

अहिले नागरिक स्तरबाट अत्यधिक सचेतताको आवस्यकता छ । जिम्मेवारीमा रहनेहरुले गरेर देखाउने समय आएको छ । नेता समय र जिम्मेवारी वोधले जन्माउने हो । माओले भनेझै नागरिक र राजनीतिक नेतृत्व र कार्यकर्ताको सम्बन्ध माटो र विउको जस्तै हुनु पर्दछ । उर्वर माटोमा बीउ उम्रीन्छ, झागिन्छ र फलदिन्छ । फेरि त्यही फलबाट नयाँ बीउ उत्पादन हुन्छ । महान प्रजातन्त्रबादी नेता बि. पी. कोइराला ले भनेका थिए देशलाई संकट परेको बेला मुलुक र जनताको सेवामा समर्पित हुनु हाम्रो प्रमुख दाइत्व हो । हामीले आफ्नै निवासमा सुरक्षित भएर बस्न सक्यौ बने नेपाल र नेपाली को भबिस्य हाम्रै हातमा छ ।

कोरोना कहरबारे केही तथ्य र गुनासो

१. संसारभर झण्डै पाच लाख भन्दा बढी संक्रमीत भेटिदा असिहजार अमेरिकामा भेटिए । राष्ट्रपति ट्रम्पले परिक्षणको संख्या बढाउदा सक्रमितको संख्या पनि बढेको बताएका छ्न। कोरोनालाई वुहान भाईरस नामाकरण गर्नु पर्नेमा जोडदिए पनि अस्विकार गरिएको छ । यति हुदाहुदै पनि रास्ट्रपति ट्रम्प भन्दै छन अमेरिका बन्द गर्न को लागि बनेको देश होइन ।

२. चर्चित लेखक युभल हरारेले यो समय हाम्रो जेनेरेसनको सबैभन्दा संकटको समय भएको र अबको अर्थ राजनिती, काम गराइको प्रकृति र शासन व्यवस्था BC र AC मा विभाजित हुने बताउदै अन्तर्राष्ट्रिय भाईचार, सहयोग र समन्वयको अत्याधिक आवस्यकता रहेको बताएका छ्न । सिके लाल र विजयकुमार जस्ता नेपाली लेखकहरुको पनि यसमा सहमती देखियो । एसियामा सिर्जित समस्या हो भनेर युरोप र अमेरिकाले वेवास्ता गर्दा यो हालत भएको हो । अमेरिकी अहंकार ले गर्दा कोरोना संक्रमण पछिको विश्व राजनीति ध्रुवीकरण मा फेरबदल आउने संभावना छ ।

३.शक्तीरास्ट्र हरुको होडबाजी अन्त्य भै विश्व राजनीति नयाशिराबाट अघि बढ्न सक्छ । चिन को संभावना थियो तर कोराना संक्रमण पछी मृत्यु हुने चीनिया नागरिक को संख्या उसले लुकायो भन्ने आरोप छ । चीनिया नागरिक हरुले प्रयोग गरीरहेको १ करोड ५०लाख थान मोबाइल सेट एकैचोटि बन्द भएपछी ती सबै कोरोना संक्रमणमा परी मृत्यु भएका चीनिया नागरिकको हो भन्ने अनुमान अन्तर्राष्ट्रिय समुदाय को रहेको छ ।भारत छिमेकी हरु प्रती उदार र सहिष्णु बन्न सक्यो र ठुल्दाइ प्रबृत्ति कि हैकम अन्त्य गर्न सक्यो भने एसिया को उदयमान शक्तीरास्ट्र बन्न सक्छ नै ।

४.यस्तो संकटको अवस्थामा मानसिक समस्या पनि बढ्नसक्ने देखिएकोले सचेत हुनुपर्नेछ । योग-ध्यान गर्ने , एक अर्कालाई कथा र जोकहरु सुनाउने र पुराना फोटो तथा भिडियोहरु हेर्नू पर्ने ज्ञाताहरु बताउछ्न । Challenge Accepted टाईटल अन्तरगत पुराना फोटोहरु सेयरगर्ने लहर विस्वभर चलेको छ ।

५.PPE ( personal protection equipment ) पाटन अस्पताल र महाविर पुनले सन्चालन गरेको आविष्कार केन्द्रले बनाउन सुरुगरेको छ , चौधरी फाउन्डेसनले पनि वितरण गरिरहेको छ । नेपाल सरकारले कीट र पिपिई आयातगर्न जहाज चाईना पठाउदैछ ।

६.नेपालमा घुम्न आई रोकिएका विदेशी पर्यटकहरुलाई आफ्नो देशमा फर्काउन विमानको व्यवस्था गरिएको छ भने लुक्ला, पोखरामा रहेकाहरुलाई स्थानिय सरकार व्यावसायीहरुको पहलमा वसोवास र खानाको व्यवस्था गरिएको छ ।

७.प्रदेश र स्थानीय स्तरका क्वारेन्टाइन क्याम्पहरु संचालनमा आउन थालेको र भारतलगाएत विदेशबाट आउनेहरु सम्पर्क आईरहेका छन ।

८.मास्कको उत्पादन नेपालमा नै हुन थालेको र प्रतिगोटा रु ७ मा बिक्रिहुन थालेको छ ।

९.औषधी पसलहरु दिनभर खुलेका छन । बन्द भएकाहरुलाई पनि खोल्न अनुरोध गरिएको छ ।

१०.विश्व स्वास्थ्य संगठन ले नेपाल ले ठूलो साबधानी अपनाउनु पर्ने भन्दै इटली , भारत र अमेरिका जस्तै गरेमा ठूलो महामारी र संकट ब्यहोर्नु पर्ने चेतावनी दिएको छ ।

केही गुनासो

१. तरकारी र दैनिक उपभोग्य सामानको भाउ बढेको छ । स्थानीय पसलसंचालक उतैबाट बढेर आएको जनाउ दिन्छ्न।

२. PPE केन्द्रमा चाहिने जति छैन र प्रदेश सम्म त पुगेकै छैन ।

३. सरकारी डाउनलक को मर्यादा उल्लंघन गर्ने हरुको संख्या सडकमा चिटपुट देखा परीरहेको छ ।

४. यति बेला नेपाली जनता उच्च घराना ब्यापारी पुर्ब राजा ज्ञानेन्द्र ले कोरोना राहत सरकारी कोषमा कति करोड बुझादै छ्न गंभीर रुपमा हेर्दै छ्न ।

लेखक पत्रकार एबं राप्रपाका केन्द्रिय नेता हुन ।