आज शनिवार, कस्ता कार्यका निम्ति लाभदायी रहनेछ ? हेर्नुहोस् २०७६ चैत्र १५ गते


हरेकपल March 28, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल चैत्र महिनाको १५ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मार्च महिनाको २८ तारिख, शनिवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२०(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२०) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत चैत्र शुक्लपक्षको चतुर्थी तिथि राति ९।३४ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । भरणी नक्षत्र बिहान १०।५० बजेसम्म रहनेछन् । यसैगरी आज विष्कुम्भ योग र वणिज करण रहेका छन् । आज सूर्योदय बिहान ६।१ मा छ भने सूर्यास्त बेलुका ६।१९ बजे हुनेछ । चन्द्रमा आज मेष राशिमा छन् ।


आज शनिवार शिवजीको उपासनासँगै पिपलमा जल अर्पण लाभदायी रहनेछ । यसैगरी शनिजन्य दाष निवृत्तिका लागि ॐ शं शनिश्चराय नमः भन्ने मन्त्रको जप पनि लाभदायी रहनेछ ।