विगत र भविष्यप्रति किन चिन्तित रहनुुहुँदैन ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल March 28, 2020

गते शोको न कर्तव्यो भविष्यं नैव चिन्तयेत् ।
वर्तमानेन कालेन प्रवर्तन्ते विचक्षणाः ।।
–चाणक्य

गएकका वस्तुको र भविष्यमा हुने कुराको चिन्ता गर्नु वइर्थ छ । सज्जनले वर्तमान समयको नै सोचिरहेका हुन्छन् ।


वतृमानले नै विगत र वर्तमानलाई सुन्दर बनाइरहेको हुनछ । आज राम्रो गरियो भने भने त्यो भोलिका निम्ति विगत हुन्छ । अर्थात् विगत पनि सुखद् बन्न पुगछ । यसैगरी आज राम्रो गरियो भने त्यो भविष्यका निम्ति पनि सुखद् नै रहन्छ । त्यसैले विगत र भविष्यलाई भन्दा पनि वर्तमानलाई विशेष ध्यानदिनुपर्छ भनेर बताइएको हो ।

वितेको समयको चिन्ता लिनु वर्तमानलाई नै गलित बनाउनु हो । यसैगरी भविष्यको मात्र सोच्ने व्यत्तिले पनि वर्तमानलाई विगारिरहेका हुन्छन् । समय अनुसार जे जस्तो हुन्छ त्यसको भोग गर्नु को विकल्प रहँदैन । त्यसैले वर्तमान हाम्रो हातमा हुँने भएकाले सदा हाम्रो वर्तमानलाई राम्रो बनाउनप्रति लागिपर्नुपर्छ ।


विगत न हाम्रा हातमा थियो न भविष्य नै हाम्रा हातमा हु्ने छ । त्यसैले वर्तमानलाई सोचेर अगाडि बढ्नु नै उपयुक्त हुन्छ भन्ने नीति वचन मननीय छ ।