आज आइतवार कस्ता कार्यका निम्ति लाभदायी रहनेछ ? हेर्नुहोस् २०७६ चैत्र १६ गते


हरेकपल March 29, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल चैत्र महिनाको १६ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मार्च महिनाको २९ तारिख, आइतवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२०(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२०) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत चैत्र शुक्लपक्षको पञ्चमी तिथि राति १०।३० बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । कृत्तिका नक्षत्र दिवा १२।३२ बजेसम्म रहनेछन् । यसैगरी आज प्रीति योग र बब करण रहेका छन् । आज सूर्योदय बिहान ६।०० मा छ भने सूर्यास्त बेलुका ६।१९ बजे हुनेछ । चन्द्रमा आज वृष राशिमा छन् ।


आज आइतवार सूर्यलाई अर्घदानका साथै राता वस्तुको प्रयोग आज लाभदायी रहनेछ ।