कोरोना संक्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको मृत्यु


हरेकपल March 29, 2020

एजेन्सी । स्पेनकी पूर्व उपप्रधानमन्त्री समेत रहेकी राजकुमारी मारिया टेरेसाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ ।


८६ बर्षिया टेरेसाको कोरोना भाईरसको संक्रमणका कारण आज निधन भएको उनका भाई हेनरीको हवाला दिँदै स्पेनका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

त्यस्तै उनको मृत्यु भएको डेली मेलले समेत पुष्टिगरेको छ ।

मारिया टेरेसाको आफ्नै सन्तान नभए भाञ्‍जा भाञ्‍जीको साहारामा रहेकी थिइन । कोरोना भाइरसबाट स्पेनमा पहिलो राजपरिवारको मृत्यु भएको समेत डेलिमेलले बताएको छ ।

उनको जन्म भने फ्रान्सको पेरिसमा भएको थियो ।मारियाका ६ भाइबहिनी रहेका छन् ।