लकडाउन : खाद्यन्न वितरण


हरेकपल March 29, 2020

दाङ, १६ चैत । तुलसीपुर उपमहानगरपालिकाले ज्यालामजदुरी गरी गुजारा चलाउँदै आएका अति विपन्न तथा अशक्त घर परिवारलाई वडा कार्यालय मार्फत खाद्यन्न वितरण गरेको छ । वडा नं ५ का वडाध्यक्ष बीरेन्द्र शाहले ७० परिवारलाई चामल, दाल , नुन , तेल, आटा, चिनी र सावुन गरी दश दिनलाई पुग्ने सामग्री वितरण गर्नुभएको हो ।


लकडाउनका कारण कोही पनि भोकभोकै पर्न नदिन वडाले खाद्यन्न वितरण गरेको उहाँले बताउनुभयो । वडा नं ११ मा रहेको लालिगुरास टोल विकास सस्थाले सो वडामा रहेका अतिविपन्न एकल महिला सीता बिकलाई खाद्यन्न वितरण प्रदान गरेको छ ।