कोभिड– १९ : पूर्व अध्यक्ष कर्णद्वारा क्वारेन्टाइनका लागि घर प्रदान


हरेकपल March 29, 2020

राजविराज, १६ चैत्र । नेपाल विद्यार्थी सङ्घका पूर्व अध्यक्ष रञ्जीत कर्णले राजविराज नगरपालिका वडा नम्वर–३ स्थित सात कोठाको पक्की घर अस्थायी क्वारेन्टाइनका लागि उपलब्ध गराउने घोषणा गर्नुभएको छ । कोभिड –१९ को सम्भावित जोखिम हुन नदिन निः शुल्क रुपमा घर उपलब्घ गराउने उहाँले जानकारी दिनुभयो । उहाँले लकडाउनको समयमा घरभित्रै रही कोरोना भाइरसको जोखिम हुन नदिन आग्रह गर्दै खाद्यन्न, स्वास्थ्य लगायत समस्या आइपरे सहयोग पु¥याउने जानकारी दिनुभयो ।


लकडाउनमा अति विपन्न परिवारलाई खाद्यन्न समस्या आउन नदिन यहाँस्थित शप्तकोशी नगरपालिकाले तथ्याङ्क सङकलन शुरुआत गरेको छ । दैनिक ज्यालादारीका श्रमिकलाई हुन सक्ने समस्यालाई हल गर्न वडाध्यक्ष मार्फत विवरण सङ्कलन गरी नगरपालिकामा पेश गर्न भनिएको नगरप्रमुख उत्तम कुमार शर्माले जानकारी दिनुभयो । सो नगरपालिकोे वडा न २ को गोबैज मावि मा २१ श्यया र वडा न १० को जनता मावि भगनी मलेट मा २१ श्ययाको क्वारेन्टाइन तयार गरिएको छ ।