काठमाडौँ,१६ चैत । सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि एक साताका लागि गरेको लकडाउन कम्तीमा थप एक साता लम्ब्याउने तयारी गरेको छ।
नेपालमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै गत सोमबार उच्चस्तरीय समन्वय समितिले मंगलबारदेखि लागू हुने गरी लकडाउन घोषणा गरेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले आजै अपराह्न ४ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् । शनिबार थप एक जनामा कोरोना संक्रमण देखिएपछि संभाबित खतरालाई ध्यानमा राखेर मन्त्रिपरिषद् बैठकले लकडाउनको समय थप्ने तयारी गरेको बताइन्छ।