भरतपुरबाट स्वाब परीक्षणका लागि पठाइएका चारजनाको कोरोना संक्रमण नेगेटिभ


हरेकपल March 29, 2020

चितवन, १६ चैत । शनिबार भरतपुरबाट स्वाब परीक्षणका लागि पठाइएका चारजनाको रिपोर्टमा कोरोना भाइरस संक्रमण नेगेटिभ आएको छ । उनीहरु कोरोना आशंकामा परीक्षणका लागि भरतपुर पुगेका थिए ।

अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीका अनुसार भरतपुर कोरोना विशेष अस्पतालले शनिबार परीक्षणका लागि पठाएका चारैजनाको रिपोर्टमा कोरोना संक्रमण नभएको पुष्टि भएको हो ।

भरतपुर कोरोना विशेष अस्पतालमा पुगेका आशिक पौडेल, सुशील चौधरी, ममाकान्त भट्टराई र पोषक चौधरीको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण नदेखिएको प्रवक्ता अधिकारीको भनाइ छ । उनीहरू चारैजना विदेशबाट आएका हुन् ।

कोरोना संक्रमणको आशंकामा आज (आइतबार) पनि थप तीनजनाको स्वाब परीक्षणका लागि लागि टेकु पठाइएको कोरोना विशेष अस्पताल भरतपुरले जनाएको छ ।

अन्य तीनजना अहिले आसोलेसनमा छन् । तीनजना यसअघि नै भर्ना भइसकेका थिए । योसँगै आसोलेसनमामा भर्ना हुनेको संख्या ६ पुगेको छ ।