अन्यायलाई किन साथ दिनु हुँदैन ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल March 30, 2020

अप्रशस्तानि कार्याणि यो मोहादनुतिष्ठति ।
न तेषां विपरिभ्रंशाद् भ्रंश्यते जीवितादपि ।।
– विदुर नीति

जो मोहमा परी अन्यायलाई साथ दिन्छ उसले आफ्नो जीवनलाई नरक तुल्य बनाइरहेको हुन्छ ।


अन्ययलाई साथ दिनेको जीवन सफल नहुने धारणा विदुरले व्यक्त गरेका छन् । जसरी महाभारतको युद्धमा अन्यायको पक्षधर भएका भीष्म पितामह, द्रोणाचार्य, कृपाचार्य जस्ता व्यक्ति पनि परास्त बन्नु परेको थियो ।


अतः आफन्तै भए पनि अन्यायलाई अन्याय नै ठहरिन दिनु बुद्धिमानी हुन्छ । यदि अन्यायलाई पनि न्याय भन्न थालियो भने त्यो विनाशको बाटो नर्क तुल्य हुन्छ । जसरी महाभारतको युद्धमा महाबलशाली कौरवपक्षले पनि हार खानुपर्यो । त्यसैले अन्यायकलाई कहिल्यै पनि साथ दिनुहुँदैन भन्ने आजको नीति वचन मननीय छ ।