येशुलाई विश्वास गरे कोरोना नलाग्ने भन्दै भ्रम सिर्जना गरेको आरोपमा एक महिला पक्राउ


हरेकपल March 29, 2020

चितवन– चितवनमा कोरोना भाइरसबारे भ्रम सिर्जना गरेर धर्म प्रचार गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

चितवनको माडी नगरपालिकामा उनले क्रिश्चियन धर्म प्रचारका क्रममा येशुलाई विश्वास गरे कोरोना नलाग्ने बताएकी थिइन् ।

प्रहरीले माडी नगरपालिका ७ जगन्नाथपुरी बस्ने ३८ बर्षकी जानकी ढुङगानालाई ‘येशुलाई विश्वास गर्नुस्, क्रिश्चियन धर्म मान्नुस् कोरोना लाग्दैन’ भन्दै भ्रम सिर्जना गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

स्थानीयकाृ उजुरीका आधारमा ती महिला पक्राउ परेकी हुन् । उनले इसाइ धर्म मान्नेलाई कोरोनाले छुँदैन भन्दै अपवाह फैलाएको भनी स्थानीयले उजुरी गरेका थिए ।

प्रहरीले उनीविरुद्ध आइतबार मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ अन्तर्गत अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ ।