एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको कोभिड १९ कार्यदलका मुख्य सरुवारोग विज्ञ डा. एन्थोनी फाउचीले अमेरिकामा मात्रै २ लाखको मृत्यु र दशौं लागमा संक्रमण हुनसक्ने चेतावनी दिएका हुन् ।
अमेरिकामा, अहिले विश्वमै सबैभन्दा धेरै व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ ।
का सङ्क्रमितहरू छन्।
सीएनएनसँग कुरा गर्दै डा. एन्थोनी फाउचीले अहिलेको अवस्थामा मृत्यु हुनेको सङ्ख्या एकदेखि दुई लाख हुनसक्ने बताएका हुन् ।
तर उनले सङ्क्रमणको तीव्र अवस्थामाझ गरिएको अनुमान भन्दै आफू त्यसमा अडिग रहन नचाहेको बताएका छन् ।
उनले जाँचहरू कार्यान्वयन भएमा केही प्रतिबन्धहरू कम गर्न सकिने बताए।
पुष्टि भएका सङ्क्रमणका सङ्ख्यामा गतसाता अमेरिकाले चीन र इटलीलाई उछिनेको थियो।
तर त्यहाँको मृत्युदर भने इटली, स्पेन र चीनभन्दा कम छ।
अमेरिकाले दैनिक एक लाखभन्दा धेरै भाइरसको जाँच गरेका कारण सङ्क्रमितको सङ्ख्या उच्च देखिएको ट्रम्पले बताएका छन्।
मिसिगन राज्यका गभर्नर ग्रेचन वित्मरले यसअघि सीएनएनसँगैको कुराकानीमा नर्सहरूले आफ्नो कामको पूरै समय एउटै मास्क लगाएर बिताएको बताएका थिए।
यसैबिच स्वास्थ्य सामग्रीहरू बोकेको पहिलो चिनियाँ विमान अमेरिका पुगेको छ।
त्यसमा रहेका पञ्जा, शरीर ढाक्ने सुरक्षित पहिरन (गाउन) र मास्क यस महामारीबाट सबैभन्दा बढी प्रभावित न्यूयोर्क, न्यूजर्सी एवं कनेटिकट राज्यमा वितरण गरिने जनाइएको छ। बीबीसी ।