इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई पनि कोरोना भाइरस संक्रमणको आशंका


हरेकपल March 30, 2020

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई पनि कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ । कोरोना संक्रमणको आशंका भएपछि उनी १४ दिनका लागि आइसोलेसनमा बस्ने भएका छन् ।

पाउकलाई कोरोना संक्रमण पुष्टि भएसँगै नेतान्याहू पनि आइसोलेसन बस्ने भएका हुन् । पाउक गत साता संसदमा नेतान्याहूसँगै उपस्थित भएका थिए ।

नेतान्याहूले स्वास्थ्य मन्त्रालयको निर्देशनलाई पूर्ण रुपमा पालना गर्ने इजरायलका स्थानीय सञ्चारमाध्यमले जानकारी गराएका छन् ।

इजरायलमा अहिलेसम्म ४ हजार २ सय ४७ जना कोरोना संक्रमित देखिएका छन् भने १५ जनाले ज्यान गुमाएका छन् ।